Tuesday, May 30, 2017  |    

घैंटे जवाफी फायरीङमा नै मारिएका हुन् : गृहमन्त्री गौतम

प्रकाशित मिति: 2015/08/21

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रहरीको जवाफी फाइरिङको क्रममा ‘घैंटे’ मारिएको बताएका छन् । शुक्रबार व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री गौतमले सो कुरा बताएका हुन् । अपराधी पक्रिन गएको प्रहरीमाथि घैँटेले गोली चलाएपछि जवाफी प्रहरीले जवाफी फएरिङ गरेको भन्दै गौतमले प्रहरीको बचाउ गरे । 

घटनास्थलमा पुगेको प्रहरीले अवैध पेस्तोल, गोलीको खोका, गाडी, मोटरसाइकल, स्कूटर मोबाइल फेला पारेको पनि गृमन्त्री गौतमले संसदलाई जानकारी गराए । उनका अनुसार उक्त घटनामा तीन जना प्रहरी जवान घाइते भएको र उनीहरुको उपचार भइरहेको छ । 

कांग्रेस नेता तथा सभासद् जगदिस नरसिंह केसीलगायतले घैंटेको हत्या भएको  भन्दै गृमन्त्रीसँग जवाफ माग गरेपछि सभामुख सुवास नेम्वाङले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए ।

तपाईंको बिचार