Wednesday, March 29, 2017  |    

फोरम लोकतान्त्रिक समितिबाट बाहिरिने

प्रकाशित मिति: 2015/08/21

आफ्नो माग सम्बोधन नगरिएको भन्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठबन्धनबाट बाहिरिएको छ । यसअघि ६ प्रदेशमा सहमति जनाई सकेको उक्त दल प्रमुख तीन दलविच ७ प्रदेशमा सहमती जुटेसँगै संवाद समितिको विशेष समितिबाट बाहिरिएको हो । 
फोरम लोकतान्त्रिक कार्यालयका सचिव प्रमानन्द मेहताले विशेष समितिबाट फिर्ता भएर पार्टीले आन्दोलनमा जाने निर्णय गरेको जनाएका छन् । यद्यपी, यसबारे औपचारिक धारणा आएको छैन् ।
फोरम नेपालका गच्छदारले पहिले मधेशमा दुई प्रदेशसहित ८ प्रदेशमा सहमति गरेका थिए । तर पछि कांग्रेसको अडानमा ६ प्रदेश भएको थियो । र, गच्छदारले सविधान निर्माणमा बाधक नबन्ने भन्दै नोट अफ डिसेन्ट लेखेर त्यसमा हस्ताक्षर गरेका थिए, जसले पार्टीमा विवाद पनि शुरु भएको थियो ।

 

तपाईंको बिचार