Friday, March 24, 2017  |    

कमल थापा दिल्ली प्रस्थान

प्रकाशित मिति: 2015/08/22

मुलुकमा नयाँ संविधान जारी हुने लागेको बेला विभिन्न दलका नेताहरुको दिल्ली दौडाहा बाक्लिएको छ । झण्डै पालै–पालो गरी दलका नेताहरु दिल्ली जाने क्रम बढेको छ । यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा शूक्रबार दिल्ली उडेका छन् । विगत लामो समयदेखि हिन्दु राष्ट्रको मागलाई मुखरित गर्दै आएको उक्त दलका अध्यक्षको यो दिल्ली भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपी, सो दलले भने पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङ बिरामी परेपछि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन दिल्ली थापा दिल्ली गएको जनाएको छ । दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङको स्वास्थ्य अबस्थाबारे जानकारी लिन पार्टी अध्यक्ष दिल्ली गएको बताईए पनि उनले विभिन्न दलका उच्च नेताहरुसँग पनि भेट्ने बुझिएको छ । 
थापा आईतबार स्वदेश फर्किनेछन् । 

 

तपाईंको बिचार