Friday, September 22, 2017

न्यायाधीश बम हत्यारा स्माइली मगरलाई नेपाललाई नेपाल ल्याईयो

प्रकाशित मिति: 2015/08/23

साढे दुई वर्षअघि हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न ‘गोली हान्ने’ सन्जय स्माइली मगरलाई प्रहरीले साउदी अरबबाट नेपाल ल्याएको छ । हत्यामा योजनाकार र संलग्न बाबु थापालगायत पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसअघि नै पक्राउ गरिसकेको थियो । 
वैदेशिक रोजगारीका क्रममा ट्रक ड्राइभरका रुपमा उनी साउदी अरबमा रहेको भन्ने आधारमा व्यूरोले इन्टरपोलमार्फत् डिफ्यूजन नोटिस जारी गराइ उनलाई नेपाल ल्याउने प्रायस गरेको थियो । नोटिसपछि साउदी सरकारले मगरलाई नियन्त्रणमा लिइ डिटेन्सन सेन्टरमा राखे पनि नेपाल पठाउन अस्विरकार गर्दै आएको थियो । यसपश्चात हत्यामा मगरको संलग्नता र भूमिकाबारे थप प्रमाण पठाएपछि साउदी सरकार मगरको भिसा रद्द गरी नेपाल पठाउन सकारात्मक भएको ब्यूरोले जनाएको छ । पाँच दिन अगाडि मगरलाई लिन गएको ब्यूरोको एक टोलीले मगरलाई लिएर आइतबार बिहान १० बजे नेपाल ल्याएको छ । 

 

तपाईंको बिचार