Thursday, October 19, 2017

सद्भावनाका चार सांसदले राजिनामा बुझाए

प्रकाशित मिति: 2015/08/23

सद्भावना पार्टीका चार सांसदले सांसद सदस्यबाट सामूहिक राजिनामा दिएका छन् । सभामुख सुवाषचन्द्र नेम्वाङसमक्ष आइतबार लक्ष्मणलाल कर्ण, विमलकुमार केडिया, शैलकुमारी देवी र सञ्जयकुमार साहले राजिनामा बुझाएका हुन् ।
जनकपुर बमकाण्डका मुख्य अभियुक्तको रुपमा पक्राउ परी कारागारमा रहेका निलम्बित सांसद साहबाहेक तीन सांसद राजिनामा बुझाउन उपस्थित थिए । संसदमा सद्भावना पार्टीका ६ सदस्यमध्ये माधवी रानी र नर्सिङ चौधरी जिल्लामा भएका कारण अनुपस्थित भएको सांसद लक्ष्मणलाल कर्णले बताए ।
संघीयताको सिमाङ्कन र ६ प्रदेशप्रति असहमति जनाउँदै सद्भावनाले व्यवस्थापिका संसद तथा संविधान सभा त्याग्ने घोषणा गरेको हो ।

 

तपाईंको बिचार