Friday, April 28, 2017  |    

बन्दको दोस्रो दिन प्रभाव अत्यन्त कम

प्रकाशित मिति: 2015/08/24

 आदिवासी जनजाति महासंघले आयोजना गरेको नेपाल बन्दको प्रभाव दोश्रो दिन उपत्यकामा अत्यन्त कम परेको छ । सडकमा सवारी आवागमन सामान्य छ भने पसल र बन्दब्यापार पनि सामान्यतर्फ उन्मुख हुँदैछ ।  
सामान्य साविककै अवस्थामा नचले पनि हिजोको तुलनामा आज सवारी  आवागमन बढेको छ । उश्रृङ्खल गतिविधि गर्दै बन्द गराउन खोज्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चक्रपथबाट आदिवासी जनजाति महासंघका कोषाध्यक्षसहित १५ जना, कालिमाटीबाट एक जना र चाबहिलबाट केही संख्यामा प्रदर्शनकारीलाई प्रहरीले पक्राउ परेका छ । 

 

तपाईंको बिचार