Sunday, October 20, 2019

कर्मचारी र व्यापारीको मिलेमतोमा टेलिकमको अनावश्यक सर्त सहितको टेन्डर

प्रकाशित मिति: 2018/09/19

काठमाडौं । नेपाल टेलिकमले आफ्ना नजिकका व्यवसायीहरुलाई पोस्ने हिसावले बिग्रिएको व्याट्री खरिदका लागि टेन्डर आह्वान गरेको बुझिएको छ । टेलिकमले आफ्ना नजिकका केही व्यवसायीहरुले मात्र आवेदन दिन मिल्ने गरि अनावश्यक सर्त र व्यवस्था उल्लेख गरि भोली टेन्डर खुला गदै छ । 

टेलिकमले दुई वर्ष अघि पनि विग्रिएको ब्याट्री खरिदका लागि टेन्डर आह्वान गरेको थियो । तर सो समयमा केही व्यवसायीहरुले टेन्डरका लागि निवेदन दिएपनि पछि घाटा हुने भन्दै व्याट्री खरिद नै गरेका थिएनन । टेन्डर निवेदकले त्यसो गरेमा रकम सिज गर्नुपर्ने कानुनी व्यवस्था भएपनि टेलिकमले भने पुरै रकम फिर्ता गरेको थियो । 
तर अहिले रिसाइक्लिन प्लान्ट भएको र ७ करोड रुपैयाँको कारोबार गरेका कम्पनीले मात्र टेन्डर आवेदन दिन मिल्ने व्यवस्था गरेर टेन्डर माग गर्दै छ । नेपालमा रिसाइक्लिन प्लान्ट भएको ४ वटा कम्पनी मात्र छ । तर ति पनि  व्यवस्थित र सरकारी मापदण्ड अनुसार छैन । 

२ करोड ५८ लाखको टेन्डरका लागि ७ करोडको बोलपत्र आह्वान गर्नु र विगतमा टेन्डर आवेदन दिएकाहरुले सामान खरिद नगर्दा कुनै कारबाही नगरि सम्पूर्ण रकम फिर्ता दिनुले टेलिकमको टेन्डर आह्वानमै ठुलो आशंका उब्जाएको छ । त्यस्तै व्याट्री खरिदमा बजार मूल्य अनुसार कै देखाएर रकम माग गरेपछि कर्मचारी र व्यापारीको मिलेमतोमा रकम धेरै हाल्ने तर भित्री रुपमा धेरै ब्याट्री खरिद गरेर थोरै परिणाम देखाउने नियत भएको बुझिन्छ । 

तपाईंको बिचार