Thursday, September 21, 2017

देउबालाई भेट्न भारतीय विदेश सचिव बुढानिलकण्ठ पुगे

प्रकाशित मिति: 2015/04/03
कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भारतीय विदेश सचिव एस ज
कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भारतीय विदेश सचिव एस ज

काठमाडौं : कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भारतीय विदेश सचिव एस जयशंकर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् बिहीबार अपरान्ह देउवा निवास बुढानिलकण्ठ पुगेका जयशंकर र देउवाबीच करिब एक घण्टा भेटवार्ता भएको छ । विदेश सचिव जयशंकर देउवालाई भेट्न उनको निवासमै पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । देउवासँगको भेटका क्रममा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला पनि सँगै थिए । जयशंकरले बिहीबारै संविधानसभाका अध्यक्ष सुबास नेम्बाङ र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटबार्ता गरेका छन् । दुई दिने नेपाल भ्रमणमा आएका जयशंकरल भोलि राष्ट्रपति रामबरण यादव, प्रधानमन्त्री सुशील कोइारला,  एमाले अध्यक्ष केपी ओली र मधेस केन्द्रित दलका नेतालाई भेट्ने कार्यक्रम छ ।

तपाईंको बिचार