Thursday, September 21, 2017

जातीय राज्य नमान्‍ने कसम खाएका छौं : बामदेब

प्रकाशित मिति: 2015/04/03
 उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जातीय राज्यको अडान
उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जातीय राज्यको अडान

सुर्खेत : उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जातीय राज्यको अडान त्यागेमा सहमति हुने बताएका छन् । सुर्खेतमा बिहीबार भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको शिलान्यास गर्ने क्रममा एमालेका उपाध्यक्ष समेत रहेका गौतमले बाहिर जे जस्ता चर्चा चलेपनि आन्दोलनरत ३० दलीय मोर्चाले जातीय राज्यको अडान छोड्नेबित्तिकै संविधान निर्माण हुने दाबी गरेका हुन् । आफूहरुले कुनैपनि हालतमा जातीय राज्य स्वीकार गर्न नसक्ने गौतमले बताए । ‘मोर्चाका केही नेताहरुले जातीय राज्य स्थापना गर्ने कसम नै खाएको जस्तो देखिन्छ’, उनले भने, ‘हामीले पनि कुनैपनि हालतमा जातीय राज्य स्वीकार नगर्ने कमस खाएका छौं ।’ जातीय राज्यको अडानबाट मोर्चा पछाडी हटेमा सरकार पनि हदैसम्मको लचकता अपनाउन तयार रहेको गौतमको भनाइ छ । -

तपाईंको बिचार