Friday, September 22, 2017

थारू आन्दोलन सम्बोधन गर्न चार दल सहमत

प्रकाशित मिति: 2015/08/26

थारुवानको मुद्दा सम्बोधन गर्न प्रमुख चार दल सहमत भएका छन् । सोमबार कैलालीको टीकापुरमा भएका हिंसात्मक प्रदर्शनपछि थारु समुदायको माग सम्बोधन गर्न दलहरु सहमत भएका हुन् । 
प्रमुख चार नेताबीच भएको छलफलमा थारू समुदायका माग सम्बोधन गर्न सैद्धान्तिक सहमति भएको छ । ती मुद्दालाई सम्बोधन गर्ने विभिन्न विकल्पमाथि छलफल भएको भएको थियो । 
चार दलको भएको बैठकमा कैलाली घटनालाई आपराधिक र सुनियोजित घटनाका रूपमा विश्लेषण गर्दै संविधान निर्माण प्रक्रियामा देखिएका अवरोध चिरेर अघि बढ्ने प्रतिबद्धता जनाइएको जनाएका थिए । 

 

तपाईंको बिचार