Saturday, May 27, 2017  |    

टीकापुर झडपमा घाइते एक प्रहरीको निधन

प्रकाशित मिति: 2015/08/27

कैलालीको टीकापुरमा गत सोमबार भएको हिंसात्मक झडपमा परी घाइते भएका एक प्रहरी हवलदारको उपचारको क्रममा मृत्यु भएको छ । कञ्चपुर झलारी ७ का जनक नेगीको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।  
प्रहरी अस्पतालमा उपचाररत अन्य चार जनाको भने अवस्था सामान्य नै रहेको छ । टीकापुरमा भएको सो झडपमा संलग्न भएको आरोपमा एक दर्जनभन्दा बढीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । 

 

तपाईंको बिचार