Monday, December 18, 2017

‘प्रचण्डजी लाठी र भाला बोकेर धेरै नतर्साउनुस्’

प्रकाशित मिति: 2015/04/03
सुर्खेत : प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले हातमा लाठी देखाउँ
सुर्खेत : प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले हातमा लाठी देखाउँ

सुर्खेत : प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले हातमा लाठी देखाउँदैमा सरकार नतर्सने बताएका छन् । संविधान निर्माणका लागि सरकार हदैसम्मको लचक हुन तयार रहेको भन्दै प्रधानमन्त्री कोइरालाले लाठी र भाला छोडेर सहमतिमा आउनसमेत मोर्चालाई आग्रह गरे ।

सुर्खेतमा बिहीबार भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको शिलान्यास गर्ने क्रममा कोइरालाले धम्काउने र तर्साउने काम बन्द गर्न एमाओवादीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन् ।

‘विपक्षीका माग पूरा गर्न सरकार लचिलो भइरहेको छ, अब प्रचण्डले तर्साउने र घुक्र्याउने काम बन्द गर्नुपर्छ’, प्रम कोइरालाले भने, ‘एमाओवादी अध्यक्ष प्रचण्ड लचिलो हुनेबित्तिकै राजनीतिक गतिरोध पनि अन्त्य हुन्छ ।’

वर्तमान सरकारले कुनैपनि हालतमा नयाँ संविधान जारी गर्ने प्रधानमन्त्री कोइरालाको दाबी थियो । ‘हामीले सहमतिमै संविधान जारी गरौं भनेकै छौं, तर प्रचण्डजी अहिले पनि लाठी देखाएर तर्साउनुहुन्छ’, उनले भने, ‘संघर्ष त हामीले धेरै गरिसक्यौ, अब के का लागि धम्काउनु प¥यो र ?’

संविधानसभा निर्वाचनमा हारेकै कारण एमाओवादी आत्तिएको कोइरालाको भनाइ थियो । ‘हामीले पनि हिजो हारेका थियौं, एकपटक चुनाव हार्दैमा सडकमा गएर तर्साउने काम नगर्नुस्’, उनले भने, ‘संविधानसभाबाटै सबै समस्याको समाधान सम्भव छ, वार्ता र छलफलबाटै निकास खोजौं ।’

हतियारको राजनीतिले कोहीपनि सफल नहुने भन्दै प्रधानमन्त्री कोइरालाले अब कसैले चाहेर पनि देशमा अशान्ति मच्चाउन नसक्ने दाबी गरे ।

 

तपाईंको बिचार