Monday, December 11, 2017

कक्षा १२ को दुई विषयको परिक्षाफल सार्बजनिक

प्रकाशित मिति: 2015/08/28

उच्च माद्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान र संस्कृत विषयको परीक्षाफल शुक्रबार सार्बजनिक गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार नियमित तर्फ ७१ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा नियमित तर्फ ३७ हजार ९ सय ९८ परीक्षार्थी सहभागी भएकामा २७ हजार २ सय २७ तथा आंशिक तर्फ ८ हजार ४०६ परीक्षार्थी सम्मिलित भएकोमा ३ हजार ७२४ जना विद्यार्थी उत्तीर्ण भएको उच्च माद्यमिक शिक्षा परिषदले जनाएको छ । नियमित तर्फ ५७ जना र आंशिक तर्फ १३ जनाको परीक्षा रद्ध गरिएको छ । 
गत बर्षको भन्दा १ दशमलव २२ प्रतिशत धैरै विद्यार्थीहरु यसपटक उत्तीर्ण भएका छन् । गत बर्ष नियमित तर्फ ७० दशमलव ४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका थिए ।

 

तपाईंको बिचार