Monday, June 26, 2017  |    

छुटै राज्यको माग गर्दै आन्दोलन पहाड स¥यो

प्रकाशित मिति: 2015/08/31

सिमांकनप्रति असन्तुष्टि जनाउदै मधेशका अधिकांश जिल्लाहरु तीन हप्तादेखि बन्द छ । त्यस्तै जिल्ला टुक्राएको विरोधमा बाग्लुङ, रुकुममा पनि आन्दोलन चलिरहेको छ ।
 त्यस्तै पछिल्लो समय ऐतिहासिक मगरहरुको थाकथलो टुक्राएको भन्दै मगरहरु समेत आन्दोलनमा उक्रिएका छन् । सोमबार देखि विभिन्न दलका मगर भातृ संगठनहरुले पहडाका सक्र जिल्ला बन्द गराएका छन् । बन्दका कारण तनहु देखि सल्यान सम्मको जनजिवन प्रभावित भएको छ । मगरहरुको धेरै बसोबास रहेको तनहु, कास्की, म्याग्दी, वाग्लुङ र पर्वत प्रदेश नं ४ मा राखिएको छ । गुल्मी, अर्धाखाची, प्युठान, रोल्पा प्रदेश नं ५ मा राखिएको छ । भने सल्यान र रुकुमको पश्चिमी क्षेत्र प्रदेश नं ६ मा राखिएको छ । मगर समुदायको ऐतिहासिक थाकथलोलाइ छिन्न भिन्न पारेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । 
पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दै लिम्बुनाहरु समेत आन्दोलनमा उक्रिएपछि सिमांकनको विवाद थप बढ्ने संकेत देखिएका छ्न् । 

 

तपाईंको बिचार