Thursday, June 20, 2019

नेपाली कांग्रेसको जिल्ला सभापति भेलाको तयारी तीव्र रुपमा अगाडी बढ्दै

प्रकाशित मिति: 2018/11/20

काठमाडौँ । नेपाली कांग्रेसको आगामी मंसिर १२ र १३ हुने जिल्ला सभापति भेलाको तयारीले तीव्र गति लिइरहेको छ । जिल्ला सभापतिहरूले पार्टीका हरेक संरचनामा ८५ प्रतिशत निर्वाचनको व्यवस्था गर्न माग गरेका छन् ।

नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले अबको भेलाबाट विधानका समग्र पक्षमा छलफल गरी साझा धारणा बनाइने बताए । देशभरका जिल्ला सभापतिहरु समग्र कांग्रेसको हित र कल्याणका लागि आन्तरिक छलफलमा जुट्न भन्दै उनले यो कुनै समूहको बैठक नभई नितान्त कांग्रेसको हित र कल्याणका निम्ति सभापतिहरुमात्रै बसेर विधानलाई अझै सुन्दर बनाउन, अझै राम्रोसँग परिमार्जित गर्न र समसामयिक परिस्थितिमा सभापतिहरुले दिएको सुझावलाई अझै राम्रोसँग अगाडि बढाउनका लागि छलफल गर्न लागेका बताइएको छ ।

उनले केही दिनअघि राजधानीमा उपलब्ध जिल्ला सभापतिको अनौपचारिक बैठक बसेको र त्यसले केन्द्रीय कार्यसमिति, पदाधिकारी, निर्वाचन समिति, अनुशासन समिति, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन समितिमा न्यूनतम ८५ प्रतिशत निर्वाचन हुनुपर्नेलगायत माग उठाएको बताए ।

 

 

तपाईंको बिचार