Friday, October 18, 2019

कांग्रेसको जिल्ला सभापति भेला भोलि हुँदै

प्रकाशित मिति: 2018/11/27

काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला सभापति भेला भोलि पर्यटकीय नगर कंकनीमा हुने भएको छ ।

नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले अबको भेलाले कांग्रेसलाई एकजुट बनाउन सहयोग पु¥याउने धारणा व्यक्त गरे । उनले भने, यसै भेलामा कांग्रेसको विधानलाई समग्र पक्षमा छलफल गरी सबैको साझा धारणा बनाइने बताए ।

देशभरका जिल्ला सभापतिहरु समग्र कांग्रेसको हित र कल्याणका लागि आन्तरिक छलफलमा जुट्न भन्दै उनले यो कुनै समूहको बैठक नभई नितान्त कांग्रेसको हित र कल्याणका निम्ति सभापतिहरुमात्रै बसेर विधानलाई अझै सुन्दर बनाउन, अझै राम्रोसँग परिमार्जित गर्न र समसामयिक परिस्थितिमा सभापतिहरुले दिएको सुझावलाई अझै राम्रोसँग अगाडि बढाउनका लागि छलफल गर्न लागेका बताइएको छ ।

 

तपाईंको बिचार