Tuesday, April 23, 2019

आन्दोलनले नभएपछि त्रिचन्द्र कलेजमा तालाबन्दी

प्रकाशित मिति: 2018/11/27

काठमाडौँ । शुल्क वृद्धि फिर्ता गर्न माग राख्दै आन्दोलनमा उत्रिएका त्रिचन्द्र कलेजका विद्यार्थीहरुले मंगलबार तालाबन्दी गरेका छन् ।

मंगलबार रसायानशास्त्रमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरुले क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने र रसायनशास्त्र विभागका संयोजक विसनदत्त भट्टको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
शुल्क वृद्धिको औचित्य पुष्टि नभएको र जथाभावी शिर्षकमा शुल्क बढाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको विद्यार्थी आनन्द कार्कीले बताए ।

शुल्क वृद्धि फिर्ता लिनका लागि क्याम्पस प्रमुख न्यौपानेलाई गत बिहीबार ज्ञापन पत्र बुझाएपनि त्यसको कुनै सुनुवाई नभएको कार्कीले बताए ।

शुल्क वृद्धि फिर्ता नलिएसम्म ताला नखोल्ने विद्यार्थीहरुले जनाएका छन् ।

तपाईंको बिचार