Thursday, November 21, 2019

एशिया प्यासेफिक समिट आजदेखि सुरु

प्रकाशित मिति: 2018/11/30

काठमाडौं। एशिया प्यासिफिक समिट काठमाडौंमा शुक्रबार सुरु हुँदैछ । समिटमा सहभागी हुन आज पनि विभिन्न देशका विशिष्ट पाहुनाहरू आउँदैछन् ।

सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटको आयोजक युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्मप्रचारक संस्था हो । समिटमा सहभागी हुन शुक्रबार न्युजिल्याण्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति तथा पालाओ आइल्यान्डका राष्ट्र प्रमुख आउँदैछन् ।

आजै पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पनि नेपाल आउँदैछन् । यसअघि म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबारै काठमाडौं आइसकेका छन् । आज आउने पाहुनालाई पनि सोल्टीमै राखिनेछ । सबै बिशिष्ठ पाहुनालाई आज साँझ प्रधानमन्त्री ओलीले रात्रिभोज दिनुहुनेछ ।

तपाईंको बिचार