Monday, December 18, 2017

लिम्बुवान बन्दले पूर्वको जनजीवन प्रभावित |

प्रकाशित मिति: 2015/09/01

पाँचथर, भदौ १५ । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको वन्दले मंगलबार(आज) दोस्रो दिन पनि पूर्वको जनजिवन प्रभावित भएको छ ।

अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले हिजोदेखि पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको हो ।

वन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, ते¥हथुम र धनकुटा जिल्लामा यातायात, वजार, शिक्षण संस्था तथा कलकारखाना ठप्प छन् ।

वन्दलाई कडा बनाउने भन्दै वन्दकर्ताले मोटरसाइकल समेत चल्न दिएका छैनन् । वन्दकर्ताहरु विहानै चोकचोकमा निस्केर वजार पसल वन्द गराउँदै हिडेका छन् ।

उता, वन्दको अवज्ञा गरेको भन्दै आन्दोल

तपाईंको बिचार