Friday, October 18, 2019

कांग्रेस महासमिति बैठकको बन्द सत्र सुरु

प्रकाशित मिति: 2018/12/16

काठमाडौं । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र सुरु भएको छ।

बन्द सत्रमा महामन्त्री डा शशा‌ंक कोइरालाले ‘साङ्ठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन्।

तीनवटै प्रस्तावमाथि आज छलफल हुनेछ।  प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिए। विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ।

सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ।  बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ। बैठक पुस ३ गते समापन हुने जनाइएको छ।

 

तपाईंको बिचार