Wednesday, October 23, 2019

राजसंस्थाको पक्षमा उभिने राप्रपा अध्यक्ष कमल थापाको दाबी

प्रकाशित मिति: 2018/12/21

पोखरा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस एक दिन हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् । राप्रपाको गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले कांग्रेसले ढिलो चाँडो राजसंस्थालाई अंगिकार गर्ने विश्वास ब्यक्त गरेका हुन् ।

यसअघि कांग्रेस महासमिति बैठकमा नेपाललाई हिन्दु राष्ट्रको हैसियतमा फर्काउन दबाब दिदैँ कांग्रेस महासमिति सदस्यहरुले हस्ताक्षर समेत संकलन गरेका थिए ।नेता थापाले प्रसंगलाई कोट्याउँदै कांग्रेस कहि न कतै एक दिन वीपीको आदर्श र मान्यता रहेकोे हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा आएरै छाड्ने बताए ।

उनले पूर्व राजा ज्ञानेन्द्र पोखराको कार्यक्रममा सरिक हुने क्रममा विमानस्थलमा उनको स्वागतार्थ ओर्लिएको जनलहरले राजा र राजसंस्थाप्रति जनताको अझै विश्वास र लगाव रहेको इंगित गरे ।अध्यक्ष थापाले फागुनदेखि राप्रपाले शसक्त ढंगले हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाको पक्षमा जन संघर्ष शुरु गर्ने र संघर्षलाई बेवास्ता गरे दुखद परिणाम हुने समेत चेतावनी दिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह पुस २ गते सोमबार सात दिने निजी भ्रमणका लागि पोखरा पुगेका छन् । ज्ञानेन्द्र शाहको समर्थकहरुले उनलाई पोखरामा स्वागत गर्दै राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारासमेत लगाएका थिए ।

तपाईंको बिचार