Monday, June 26, 2017  |    

बर्दियामा गोली चल्यो

प्रकाशित मिति: 2015/09/04

आन्दोलनकारीहरुको समूहले शुक्रबार बिहान बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापखरमा आक्रमण प्रयास गरेका छन् । आन्दोलनकारीहरुले आक्रमण सुरु गर्न थालेपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । प्रहरीको गोली लागि दुई घाइते भएका छन् ।
आन्दोलनकारी जबरजस्ती प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेपछि दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा एक प्रहरी हवल्दार घाइते भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताए ।
त्यस्तै स्थानीय प्रत्यक्षदर्शीकाअनुसार प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको जनाईएको छ । 
थरुहट संयुक्त संघर्ष समिति र मधेसी मोर्चाले विगत २० दिनदेखि लगातार बन्द गराउँदै आएको छ ।

 

 

तपाईंको बिचार