Monday, June 26, 2017  |    

मेडिकल विकृतिका विरुद्ध राप्रपा नेपालले अख्तियार घेर्दै

प्रकाशित मिति: 2015/09/04

राप्रपा नेपालले मेडिकल शिक्षामा व्याप्त रहेको माफियाकरणको छानबिन गर्न तथा दोषीमाथी कारबाहीको माग गर्दै शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेर्ने भएको छ ।
पार्टीसम्बद्ध १७ भातृ संगठनले आयोगको टंगालस्थित केन्द्रीय कार्यालय घेराउका साथै मेडिकल शिक्षाको माफियाकरणको छानविन र कारवाहीका लागि औपचारिक रुपमा निवेदन दर्ता गराउने राप्रपा नेपालले जनाएको छ । 
मेडिकल क्षेत्रका विकृतिका सम्बन्धमा सरकार गम्भिर नहरेको ठकर गर्दै अख्तियारलाई छानविन अघि बढाउन औपचारिक आग्रहस्वरुप अख्तियार जान लागेको बताईएको छ । 
राप्रपा नेपालका केन्द्रीय पदाधिकारी र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकले मेडिकल शिक्षामा रहेको देखिएको अनियमितता र विसंगतिविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

 

तपाईंको बिचार