Tuesday, February 19, 2019

नवनियुक्त प्रधानन्यायाधीश जबराद्वारा शपथ

प्रकाशित मिति: 2019/01/02

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ लिएका छन् । शितल निवासमा बुधबार बिहान एक समारोहबीच जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनी मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएका थिए ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाए। उनले न्यायसम्पादन क्रममा सौतेनी आमाको हकअधिकार, वैदेशिकरोजगार, जग्गाको अधिकार, पर्वतारोहणको प्रामाणिकता विवाद र जबर्जस्ती करणी अभियोगमा हदम्याद बढाउने विषयमा आफूले विधिशास्त्रीय मान्यता स्थापित गरेको दाबीसमेत गरेका छन्।

प्रधानन्यायाधीश जबराले आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।

तपाईंको बिचार