Friday, April 28, 2017  |    

बर्दियामा आन्दोलनकारीसँगको झडपमा प्रहरी हवल्दारको मृत्यु

प्रकाशित मिति: 2015/09/04

राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पुर्‍याउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा शुक्रबार बिहान एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । 
बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय मैनापोखरमा झडप हुँदा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको हो । प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पुर्‍याउँदै गरेको बसमा आन्दोलनकारीले अवरोध पु¥याएपछि भएको दोहोरो झडप हवल्दारको मृत्यु भएको हो । 
स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागि दुई प्रदर्शनकारीसमेत घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । 
झडपका क्रममा घाइते हवल्दार पाण्डेको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको जनाईएको छ । 

 

तपाईंको बिचार