Tuesday, February 19, 2019

रेशम चौधरीले लिए सांसद पद तथा गोपनियताको सपथ

प्रकाशित मिति: 2019/01/03

काठमाडौं । रेमश चौधरीले सांसद पदको सपथ लिएका छन् । चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

प्रहरीले चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार ल्याएको थियो । चौधरीको सपथ ग्रहण कार्यक्रममा सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायत राजपाका नेताहरु उपस्थित भएका थिए ।

जिल्ला अदालत कैलालीमा चौधरीवरुद्ध टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा मुद्धा विचाराधीन अवस्थामा रहेको छ । टीकापुर घटनापछि फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए ।

यसरी चौधरीले चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

तपाईंको बिचार