Monday, June 17, 2019

नेविसंघको टोलीले खेले रानीपोखरीमा फुटबल

प्रकाशित मिति: 2019/01/08

काठमाडौं ।  ‘प्रधानमन्त्रीज्यू विकासको सूचीमा रानी पोखरीलाई फुटबल मैदान बनाएको कुरा छुटेछ नि’ उल्लेख गरिएको ब्यानरसहित नेविसंघको टोलीले मंगलबार दिउँसो रानीपोखरीमा सरकारलाई व्यंग्य गर्दै फुटबल खेलेका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मुलुकको विकास निर्माण र सुशासनको दुरावास्थाप्रति व्यंग्य गर्दै रानीपोखरीमा फुटबल खेलेको हो ।

डेढ घण्टासम्म चलेको फुटबल खेलमार्फत् सरकारले गरिरहेको झुठो प्रचार र कुशासनप्रति व्यंग्य गरिएको नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मुलुकको विकास निर्माणमा भइरहेको प्रगतिको झुठो तथ्यांक प्रस्तुत गरेका कारण आफूहरुले सांकेतिक विरोधस्वरुप  फुटबल खेलेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई झुठको निद्राबाट ब्युँझाउन प्रतिकात्मक व्यंग्यस्वरुपको खेल भन्दै नेविसंघले चार वटा टिम बनाएर डेढ घण्टासम्म रानीपोखरीमा फुटवल खेलेको अर्का विद्यार्थी नेता दुजाङ शेर्पाले बताए ।

तपाईंको बिचार