Monday, June 17, 2019

कांग्रेस नुवाकोटद्वारा घ्याङफेदीमा ज्यान गुमाएकाको परिवारलाई सहयोग

प्रकाशित मिति: 2019/01/09

नुवाकोट । मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत स्वरुप नेपाली कांग्रेस नुवाकोटले प्रति मृत्तक व्यक्तिका परिवारलाई ५ हजार रुपैया सहयोग गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश नरसिंह केशीले पत्रकार सम्मेलन गरी कांग्रेसका प्रतिनिधि शशीसागर पण्डितलाई एक लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमा समेत नहुने भएकाले सहयोग स्वरुप राहत रकम उपलब्ध गराएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश नरसिंह केशीले बताए ।  यसैबिच कांग्रेस नुवाकोटले दुर्घटनामा ज्यान गुमाएका परिवार र घाइतेको उपचारका लागि सबैसँग सहयोगको आग्रह गरेको छ ।

गत मंसिर २८ नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङडाँडामा गत मंसिर २८ मा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप चार गरी २२ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेमध्ये ७ जनाको अहिले काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।उनीहरुको उपचारको क्रममा आर्थिक अभाव भएकाले सहयोगको लागी दुप्चेश्वर गाँउपालिकाले गरेको अपिल अनुसार दाताहरुबाट सहयोग जुट्नेक्रम पनि जारी रहेको छ ।

तपाईंको बिचार