Tuesday, May 30, 2017  |    

राप्रपाको आकस्मिक बैठक

प्रकाशित मिति: 2015/09/07

काठमाडौं/ नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग गर्दै आएको राप्रपा नेपालले आज पार्टीको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष कमल थापाले कार्यासम्पाद समितिको आकस्मिक बैठक बोलाएका हुन् । 
बैठकमा आगामी संघर्षको कार्यक्रम, पार्टीको रणनीतिलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ । नयाँ बन्ने संविधानमा तीनदलका नेताहरुले आफूहरुको मागको वेवास्ता गरि धर्म निरपेक्षतालाई नै निरन्त्रता दिने संकेत गरेपछि पार्टीले चाल्नुपर्ने आवश्यक रणनीति तय गर्न आकस्मिक बैठक बोलाइएको हो ।
विगतदेखि नै राप्रपा नेपालले संघीयता, धर्म निरपेक्षता गणतन्त्र लगायतका मुद्दामा आफ्नो स्पष्ट धारणा राख्दै सडक र सदनमा संघर्ष गर्दै आएको तर अन्तिम समयमा पनि त्यसको सुनुवाई नहुने देखिएपछि अब कठोर निर्णय गर्ने बताइएको छ । 

यसअघि राप्रपा नेपालले देशलाई हिन्दुराष्ट्र निर्माणका लागि दवाव दिन सडक र सदनमार्फत विभिन्न खालका संघर्ष गर्दै आएको थियो ।

तपाईंको बिचार