Friday, April 19, 2019

रायसिना संवादको चौथो संस्करणमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आज नयाँ दिल्ली जाँदै

प्रकाशित मिति: 2019/01/10

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

रायसिना संवादको चौथो संस्करणमा सहभागी हुन मन्त्री ज्ञवाली नयाँ दिल्ली जान लाग्नुभएको हो । अब्जर्भर रिसर्च फाउण्डेशन र भारतीय विदेश मन्त्रालयको सहकार्यमा रासयिना संवादको आयोजना हुँदै आएको छ ।

ज्ञवाली कार्यक्रममा सहभागी भएर फर्किने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । यद्यपि ज्ञवालीले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरुसँग समेत अनौपचारिक भेटवार्ता गर्ने बताइएको छ ।

भेटवार्ताबारे भने परराष्ट्रले औपचारिक जानकारी दिएको छैन ।

तपाईंको बिचार