Wednesday, August 21, 2019

सांसद उषाकला राईले आमाको काज–किरिया लागि केशमुण्डन

प्रकाशित मिति: 2019/01/10

काठमाडौं । सांसद उषाकला राईले आमाको काज–किरिया लागि केशमुण्डन गरेकी छन्।

उनकी आमा लक्ष्मी राईको ७५ वर्षको उमेरमा बुधबार निधन भएपछि सांसद राई काज–किरियामा लागेकी हुन्। काज–किरियामा खटिएकी सांसद राईको उनका श्रीमान् पूर्वमन्त्री शेरबहादुर तामाङले प्रसंसा गरेका छन्।

फेसबुकमा स्टाटस लेख्दै तामाङले राईलाई महान व्यक्तिको संज्ञा दिएका छन्। उनि लेख्छन् ‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ। छोरीलाई छोरासरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईंले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीकोअधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो।’

महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भए पनि व्यहारिक हिसाबले अन्त्य नभएको तामाङको जिकिर छ। राईको कदमले लैगिंक विभेदमा योगदान पुग्नेमा तामाङको विश्वास छ।

तपाईंको बिचार