Saturday, November 18, 2017

गोलढुंगामा एक बालकको हत्या

प्रकाशित मिति: 2015/09/07

राजधानीस्थित गोलढुंगाका एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । ९ वर्षे बालक मन्दिस घिमिरेको शव हत्या गरिएको अवस्थामा फेला परेको हो । उनको शव तारेकेश्वर नगरपालिका–८ स्थित भ्यु टावर नजिकै हातखुट्टा र मुख बाँधेको अवस्थामा भेटिएको हो । घिमिरे शुक्रबारदेखि हराइरहेका थिए । 
सोमबार घटनास्थल पुगेको प्रहरीले घटनाको मुचुल्का तयार पारेको छ । शवलाई पोस्टमार्टमका लागि घटनास्थलबाट उठाएको छ । घिमिरे मामाघरबाट शुक्रबार भ्यु टावर हेर्न भनी निस्केका परिवारले जनाएको छ । साँझसम्म पनि नफर्किएपछि उनको खोजी गरिए पनि फेला पार्न नसकिएको बताईएको छ । मृतक बालकका पिता रोजगारीका शिलशिलामा मलेसियामा छन् । 
बालक घिमिरे कक्षा ४ मा अध्ययनरत थिए । यसअघि कसैबाट अपहरण, धम्की केही नआएको मृततका आमाले बताउनुभयो ।  

 

तपाईंको बिचार