Saturday, November 18, 2017

फोरम लोकतान्त्रिक संविधान निर्माण प्रक्रियाबाट बाहिरिने

प्रकाशित मिति: 2015/09/08

प्रमुख तीन दलहरुले संविधान निर्माण प्रक्रियामा धोका दिएको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक आजदेखि संविधान निर्माण प्रक्रियाबाट बाहिरिने भएको छ । 
अध्यक्ष विजयकुमार गच्छदारसहितका नेताहरुले  दिँउसो १ बजे संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटेर आजैबाट संविधान निर्माण प्रक्रियाबाट अलग भएको जानकारी गराउन लागेको बताईएको छ । संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङलाई आज लिखित रुपमा नै संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको पत्र बुझाइने पनि सो दलले जनाएको छ । उक्त दलले गत आइतबार नेम्वाङलाई भेटेर संविधान निर्माण प्रक्रियाबाट अलग हुने जानकारी गराएका थिए । 
प्रमुख ३ दलले विश्वासधात गरेको भन्दै थारु, मधेसी लगायतका मागमा सम्बोधन हुने कुनै छाटकाटँ नदेखिएको र यस्तो अवस्थामा संविधान निर्माण प्रक्रियामा सहभागी हुनुको अर्थ नरहेको गच्छदारले बताए । नेम्वाङलाई संविधान निर्माण प्रक्रियाबाट अलग भएको लिखित जानकारी दिएपछि आजै गच्छदार नेतृत्वको मोर्चाको बैठक बस्दैछ ।

 

तपाईंको बिचार