Friday, July 28, 2017  |    

मधेसका अधिकार कटौती हुँदैनन् –प्रम

प्रकाशित मिति: 2015/09/08

काठमाडौं ।आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्न माग गर्दै नेपाली कांग्रेसका मधेसी सभासदहरुले प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री कोइरालासमक्ष मधेसवादी दलहरुसँग वार्ता गरेरमात्र संविधान जारी गर्नुपर्ने धारणा राखेका हुन् ।

कांग्रेस सभासदले प्रधानमन्त्री निवास पुगेको प्रतिनिधिमण्डलले संविधान निर्माण प्रक्रिया नरोकिकनै आन्दोलनरत पक्षलाई वार्तामार्फत सहमतिमा ल्याउन प्रयास गर्नुपर्ने धारणा राखेको हो ।

अन्तरिम संविधानले प्रत्याभूत गरेका मधेसका अधिकारलाई नयाँ संविधानमा सुनिश्चित गर्न पनि ध्यानाकर्षण गराइएको सभासदले बताए । खासगरी समानुपातिक–समावेशीलाई कायम राख्न उनीहरुले सुझाएका हुन् ।

प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले मधेसका अधिकार नयाँ संविधानमा कटौती नहुने प्रतिबद्धता जनाएका छन् । उनले आन्दोलनतर पक्षसँग वार्ताको प्रयास थाल्ने बचन पनि दिएको सहभागीले जनाए ।

 

तपाईंको बिचार