Saturday, August 24, 2019

थाइल्यान्ड र फ्रान्सका लागि राजदूत अनुमोदित

प्रकाशित मिति: 2019/01/17

काठमाडौं । गणेशप्रसाद ढकाल थाइल्यान्डको राजदूतमा र दीपक अधिकारी फ्रान्सको राजदूतमा अनुमोदित भएका छन्। संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले दुवैको नाम अनुमोदन गरेको हो।

सरकारले पाँच देशका लागि राजदूत सिफारिस गरेकोमा बिहीबार दुई जनाको सुनुवाइ भएको हो। दुवैलाई समितिको सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  उनका अनुसार बाकी तीन जनाको सुनुवाइ माघ ८ गते ११ बजे हुनेछ।

 

तपाईंको बिचार