Saturday, March 25, 2017  |    

विराटनगरमा तनाव, गोली लागेर एक घाइते

प्रकाशित मिति: 2015/09/09

संयुक्त मधेसी मोर्चाले आह्वानका गरेको आन्दोलनका क्रममा भएको प्रदर्शनमा विराटनगरमा प्रहरी र प्रदर्शनकारबिच झडप भएको छ । झडपको क्रममा प्रहरीको गोली लागेर आन्दोलनकारी मोहम्मद फिरोज खाख घाइते भएका छन् ।
मिल्स एरियामा विहानै देखि प्रदर्शनकारी र सुरक्षाकर्मीविच झडप भइरहेको जनाईएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड गोली तथा दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेको छ ।              
प्रदर्शनकारीले दुई वटा प्रहरी विट र भन्सार कार्यलयमा तोडफोड गरेका छन् । 

 

तपाईंको बिचार