Monday, October 23, 2017

प्रमुख तीन दल र राप्रपा नेपालविच बार्ता

प्रकाशित मिति: 2015/09/10

प्रमुख तीन राजनीतिक दलका नेताले संविधानसभा बहिस्कारको घोषणा गरेको चौथो ठूलो दल राप्रपा नेपालसँग बार्ता थालेका छन् । उक्त दलले उठाएका मागलाई सकारात्मक लिँदै संविधानसभामा फर्कन सो दलका अध्यक्ष कमल थापालाई आग्रह गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार दलको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरुले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई संविधानसभामा फर्कन आग्रह गरेका हुन् ।
भेटमा राप्रपा नेपालका अध्यक्ष थापाले संविधानसभामा चौथो ठूलो दललाई निरन्तर निषेध गरिएको,  राप्रपा नेपालको एजेण्डालाई छलफलमा नै नल्याइएको विषयमा आपत्ति जनाएका थिए । थापाले तराई मधेशमा आन्दोलन चलिरहेको पृष्ठभूमिमा संविधान जारी गरिसकेपछि पनि द्वन्द्व नरोकिने देखिएकाले यसप्रति गम्भीर हुन प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको ध्यानाकर्षण गराएका थिए । उनले आफुहरुलाई निरन्तर निषेध गर्ने र एजेण्डामा छलफल नै नगर्ने भए संविधानसभामा फर्कनुको अर्थ नहुने बताएका थिए । 

 

तपाईंको बिचार