Sunday, February 24, 2019

दीपक मनाङेले लिए सपथ

प्रकाशित मिति: 2019/01/29

काठमाडौं । गुण्डानाइके भनेर चिनिने दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।

सपथ खुवाएलगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हात मिलाएर बधाइ दिए ।

मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएपछि खुशी व्यक्ति गर्दै उनले भने ‘ ९ महिना जेलमा बसेँ, अब केही दिन कुरौं भनेर कुरेको थिएँ ।’ मनाङले आफू कुनै पार्टीमा प्रवेश गर्ने विषयमा अहिले नसोचेको प्रतिक्रिया दिए ।

तपाईंको बिचार