Wednesday, August 23, 2017

आन्दोलरत् थारुवान् सङ्घर्ष समिति र सरकारबीच वार्ता

प्रकाशित मिति: 2015/09/13

सीमाङ्कनमा असन्तुष्ट आन्दोलनरत् थरुहट–थारुवान संयुक्त सङ्घर्ष समिति र सरकारबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । समितिले सरकारसँग वार्ताका लागि थारु नेताहरु अमनलाल मोदी, राजकुमार लेखी र मीनराज चौधरी सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । 
प्रमुख तीन दलले संविधान लेखनको प्रक्रिया रोकेर वार्ताको लागि आह्वान गर्नुलाई सकारात्मक भन्दै समितिले वार्ता टोली गठन गरेको थियो । प्रमुख दलका शीर्ष नेताहरुले आन्दोलनरत् थारु, मधेसीलगायतका समुदायलाई वार्तामा आउन आग्रह गर्दै शुक्रबार संविधानसभामा प्रस्तुत संशोधन प्रस्तावमाथिको छलफललाई दुई दिनका लागि रोक्ने निर्णय गरेका थिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक पक्ष तराई–मधेस लोकतान्त्रिक पार्टी ले पनि वार्ताको वातावरणका लागि अनौपचारिक कुराकानी भइरहेको जनाएका छन् । उपेन्द्र यादव र राजेन्द्र महतो आइतबार राजधानी फर्किएपछि मोर्चाको तर्फबाट औपचारिक धारणा बनाएर अघि बढ्ने पनि जनाईएको छ ।

 

तपाईंको बिचार