Friday, October 18, 2019

सरकार विरुद्ध कांग्रेसले आज देशव्यापी शक्ति प्रदर्शन गर्ने

प्रकाशित मिति: 2019/02/04

काठमाडौं । नेपाली कांग्रेसले सरकारको विरोधमा आज ७७ जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको छ । वरिष्ठ नेताको कमाण्डमा नै कांग्रेसले सरकारविरुद्ध देशव्यापीरुपमा प्रदर्शन गर्ने भएको हो ।

पूर्वघोषित कार्यक्रम अनुसार ११ मुद्दामा असन्तुष्टि जनाउँदै कांग्रसले विभिन्न जिल्लामा विरोध जनाएको हो । प्रदर्शनका लागि शीर्ष नेताहरु गृह जिल्ला पुगेका छन् भने विभिन्न जिल्लामा आयोजित विरोध सभामा सहभागिता जनाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काठमाडौंको शान्ति बाटीकामा विरोध सभा गर्ने कांग्रेसको तयारी छ । सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

तपाईंको बिचार