Thursday, June 27, 2019

तनाशाह लाद्न खोजेको भन्दै सरकारविरुद्ध नुवाकोट काँग्रेस सडकमा

प्रकाशित मिति: 2019/02/04

नुवाकोट । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारविरुद्ध नुवाकोटमा प्रदर्शन गरेको छ । देशका सबै ७७ जिल्ला सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत काँग्रेसले आज जिल्ला सदरमुकाम बिदुरमा प्रदर्शन गरेको हो ।

सरकार बिरुद्ध चर्का नारा लगाउँदै सडकमा उत्रीएका कार्यकर्ताले वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका थिए ।

नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले जिल्लामा रहेका कार्यालय धमाधम अन्यत्र सार्दा समेत निर्वाचित सांसद निकम्मा देखिएको भन्दै आक्रोश पोखेका छन । उनले अहिलेको सरकारको सर्वसत्ता वादको अन्त्य नगरी नेपाली जनताले राहतको अनुभूति लिन नसक्ने बताए । 

नेपाली काँग्रेसका नेता तथा नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले केपी ओली सरकार देश निर्माण र शान्ति स्थापनाको लागि पूर्ण रुपमा असफल भएको बताउँदै त्यसको सशक्त प्रतिकारको लागि भिषण आन्दोलन गर्नु पर्ने बताएका छन् । उनले ओली सरकारले काम नगरी हावा कुरा मात्र गरेर जनतालाई भ्रम फैलाउने काम गरिरहेको बताए । अहिल हत्या हिंसा र भ्रष्टाचार बढेको परिस्थितिमा सरकारले दोषीलाई कारवाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको प्रति आक्रोश व्यक्त गरे । 

आज विदुरमा भएको र्यालीमा हजारौंको संख्यामा रहेका काँग्रेसका नेता तथा कार्यकर्ताहरुले सरकारको दमनको विरुद्धमा कटाक्ष गरेका थिए । 

तपाईंको बिचार