Tuesday, August 22, 2017

सरकार – थरुहट वार्ता असफल

प्रकाशित मिति: 2015/09/13

थरुहट संघर्ष समितिसँग सरकारले गरेको वार्ता बिना निश्कर्ष टुंगिएको छ । सरकार र समितिवीच आइतवार बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो ।
आफुहरुका सात बुँदे मागलाई कार्यान्वयनको थप प्रतिबद्धता नआएको भन्दै थरुहट संघर्ष समिति वार्ताबाट निस्किएको थियो । दंगाग्रस्त क्षेत्र फिर्ता र पक्राउ परेका आफ्ना नेता–कार्यकर्ता रिहाई गर्न माग गरेपछि वार्ता विना निश्कर्ष टुंगिएको हो ।
प्रदेश सीमाङ्कनको विषयलाई लिएर आन्दोलनरत् थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । 

 

तपाईंको बिचार