Friday, September 22, 2017

कांग्रेसका तीन सभासद्द्धारा संशोधन प्रस्ताव फिर्ता

प्रकाशित मिति: 2015/09/13

नेपाली कांग्रेसका तीन जना सभासद्ले संविधानको विधेयकमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिएका छन् । दलितको हक अधिकारलाई लिएर सभासद्हरु मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र जीवन परियारले संसोधन प्रस्ताव दर्ता गराएका थिए ।  
‘पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको नीति र विचारप्रति प्रतिबद्ध रहँदै, संविधान बनाउने कार्यलाई सहज एवम् सफल पार्न संशोधनको प्रस्ताव हाललाई थाँती राखी ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि हामीले विभिन्न धारामा राखिएको संशोधन प्रस्ताव (दर्ता नं ३९) फिर्ता लिएको जानकारी गराउछौँ’–संविधानसभा अध्यक्षलाई सम्बोधन गरी पठाइएको पत्रमा भनिएको छ । 

 

तपाईंको बिचार