Thursday, June 20, 2019

तीन राजदूतको शपथ

प्रकाशित मिति: 2019/02/08

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई शपथ गराउनुभयो ।
 
त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस

तपाईंको बिचार