Saturday, May 27, 2017  |    

नेपाल हिन्दु राष्ट्र नहुने , कलम थापाको प्रस्ताव अस्किृत

प्रकाशित मिति: 2015/09/14

संविधानसभाको बैठकबाट संविधानको धारा ४ मा कांग्रेस एमाले र एमाओवादीले संयुक्त रूपमा राखेको संशोधन प्रस्ताव पारित भएको छ।

जनतामाझ संविधानको मस्यौदामा सुझाव संकलन गर्दा धेरैले धर्मनिरपेक्षता प्रति विरोध जनाएपछि तीन मुख्य दलले धर्मनिरपेक्षताको ब्याख्या संविधानमा राख्ने निर्णय गरेका थिए। सोही निर्णय अनुसार तीन दलले संयुक्त संशोधन प्रस्तामा धर्मनिरपेक्षताको ब्याख्या गर्ने प्रस्ताव पेश गरेका थिए। संविधानको धारा ४ मा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ, भन्ने ब्याख्या संविधानसभाले पास गरेको हो।


राप्रपा नेपाल नेपाललाइ सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राखेको प्रस्ताव पनि बैठकले अस्विकृत गरेको छ ।

तपाईंको बिचार