Saturday, July 29, 2017  |    

मधेशी दलले संविधानको गाडी चढ्न मानेनन् : मन्त्री गौतम

प्रकाशित मिति: 2015/09/14

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले देश संविधान निर्माणको प्रक्रियामा अघि बढेको उल्लेख गर्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले आनदोलनरत दललाइ पनि सँगै लैजानको संविधानको गाडी धेरै दिन रोकेको भन्दै अव कुर्न नसक्ने बताए ।  उनले संविधान निर्माण पछि पनि मधेशका मुद्धालाइ समावेश गर्न सकिने भन्दै नआतिन पनि सबैलाइ आग्रह गरे । ७–८ दिनभित्र संविधानसभाले सबै काम सकेर संविधान जारी गर्ने बताए ।


लामो समय देखि संविधानको पर्खाइमा रहेका जनतालाइ अप दिपावली गर्नका लागि तयार हुन समेत आग्रह गरे । संविधान निर्माण पछि मुलुक राजनीतिक स्थितरता, अमनचयन, शान्त्ति र विकासको बाटोमा अगाडि बढ्नेमा मन्त्री गौतमको दावि थियो ।

तपाईंको बिचार