Saturday, November 23, 2019

ओलीको नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा, आज देशबासीको नाममा सम्वोधन गर्दै

प्रकाशित मिति: 2019/02/14

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशबासीका नाममा सम्बोधन गर्दैछन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको वर्ष दिन पुगेको उपलक्ष्यमा सरकारले गरेका उपलब्धीहरू समेटेर नागरिकलाई जानकारी गराउने उद्देश्यले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । गत वर्ष फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो ।

तपाईंको बिचार