Saturday, May 27, 2017  |    

संविधान जारी हुने दिन विप्लव माओवादीद्वारा नेपाल बन्दको घोषणा

प्रकाशित मिति: 2015/09/15

संविधान जारी हुने दिन विप्लव नेतृत्वको माओवादीले नेपाल बन्दको घोषणा गरेको छ । सो दलले एक विज्ञप्ती जारी गर्दै तीन दलले जबर्जस्त ढंगले जनविरोधी संविधान जारी गर्न लागेको ठहरसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टी प्रबक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ०७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ ।’
उसले आन्दोलनरत् पक्षको भावनाविपरित संविधान घोषणा गर्ने कार्यलाई गलत भनेको छ । नयाँ संविधानले बृहत शान्ति सम्झौता तथा माओवादी र संसदवादी शक्तिबीचको सहकार्य समाप्त गरेको उसको बुझाई छ ।

तपाईंको बिचार