Saturday, May 27, 2017  |    

नयाँ संविधानका एक सय धारा पारित

प्रकाशित मिति: 2015/09/15

‘नेपालको संविधान २०७२’ को परिमार्जित विधेयकमाथि भएको मतदानबाट मंगलबारसम्म एक सय धारा पारित भएका छन् ।   
मंगलबारको बैठकले धारा ७६ देखि १०० सम्मलाई  पारित गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ती धारा पारित गर्न निर्णयार्थ बैठकमा प्रस्ताव प्रस्तुत  गरेका थिए । 
संविधानको परिमार्जित विधेयकको धारा ७६ प्रति सभासद् कमल थापा, श्यामकुमार श्रेष्ठ, शिवलाल थापा, गोपाल दहित, हरिचरण शाह र लोकमणि ढकालले पेस  गरेको संशोधन प्रस्तावलाई बहुमतबाट अस्वीकृत गरिएको छ ।
यसअघि परिमार्जित विधेयकको धारा ७७ माथि श्यामकुमार श्रेष्ठ र डिल्लीप्रसाद काफ्ले पेस गर्नुभएको संशोधन प्रस्तावलाई पनि बहुमतबाट अस्वीकार गरिएको थियो । यसैगरी, बैठकमा गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयकको धारा ७७ माथि पेस गरेको संशोधन प्रस्ताव तथा विधेयकको धारा ७८ माथि डिल्लीप्रसाद काफ्ले र श्यामकुमार श्रेष्ठले राखेको प्रस्तावलाई पनि बहुमतबाट अस्वीकार गरिएको थियो ।
त्यस्तै, तीनै जना सभासद्ले संविधानको परिमार्जित विधेयकको धारा ७८ माथि पेस गरेको संशोधन प्रस्तावलाई बहुमतबाट स्वीकार गरिएको   थियो । परिमार्जित विधेयकको धारा ८० माथि डिल्लीप्रसाद काफ्ले र श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्ताव पनि बहुमतबाट अस्वीकृत भयो । 
परिमार्जित विधेयकको धारा ८१ माथि संशोधनकर्ता डिल्लीप्रसाद काफ्ले र श्यामकुमार श्रेष्ठले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतबाट अस्वीकार गरिएको थियो । परिमार्जित विधेयकको धारा ८३ माथि संशोधनकर्ता श्यामकुमार श्रेष्ठले पेस गरेको संशोधन प्रस्ताव पनि बहुमतबाट अस्वीकृत भयो ।

विधेयकको धारा ८४ माथि संशोधनकर्ता डिल्लीप्रसाद काफ्ले, श्यामकुमार श्रेष्ठ, कुन्तीकुमारी शाही, यशोदाकुमारी लामा, शिवलाल थापा, लक्ष्मण राजवंशी, चन्द्रेश्वर झा र विश्वेन्द्र पासवानले पेस गरेको संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भयो ।
यसैगरी, विधेयकको धारा ८५ माथि श्यामकुमार श्रेष्ठले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ८६ माथि श्यामकुमार श्रेष्ठ, शिवलाल थापा, यशोदाकुमारी लामा, चित्रबहादुर केसी, हरिचरण साहले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।
परिमार्जित विधेयकको धारा ९० माथि दुर्गा पौडेल, विश्वेन्द्र पासवानले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी, सभासद् गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयक धारा ९० माथि पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।
परिमार्जित विधेयकको धारा ९१ माथि शिवलाल थापा र यशोदाकुमारी लामाले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी, गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयक धारा ९२ माथि पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।
परिमार्जित विधेयकको धारा ९२ माथि शिवलाल थापा र यशोदाकुमारी लामाले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ९७ माथि विश्वेन्द्र पासवानले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।
परिमार्जित विधेयकको धारा एकसयमाथि चित्रबहादुर केसी, श्यामकुमार श्रेष्ठले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

तपाईंको बिचार