Monday, May 20, 2019

नेविसंघ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

प्रकाशित मिति: 2019/02/18

काठमाडौँ । नेपाल विद्यार्थी संघले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ ।

विगठित नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेलेसोमबार पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका हुन।

ुविधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन, उनले भने। तदर्थ समितिले छ महिनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो। कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहेका रामप्रसाद अधिकारीको थियो।

२०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महिना काम गरेको थियो। रासस

तपाईंको बिचार